चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनकाे दोस्रो संशोधन कार्यान्वयन गर्न राष्ट्र बैंककाे निर्देशन
१३ भदाै, काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनकाे दाेस्राे संशाेधन कार्यान्वयन गर्न निर्देशन जारी गरेकाे छ । राष्ट्र बैंकले आज ‘चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ दोस्रो संशोधनसहित जारी गर्दै यस्ताे निर्देशन दिएकाे हाे ।
राष्ट्र बैंकले भदौ ११ गते चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनमा दोस्रो संशोधन गरेको थियो । त्यसअघि राष्ट्र बैंकले २०७९ पुस २० गते याे मार्गदर्शनमा पहिलो संशोधन गरेको थियो । राष्ट्र बैंकले संशोधित मार्गदर्शनबमोजिम गर्न र गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन पनि दिएको छ।
दोस्रो संशोधित व्यवस्थाअनुसार रु. १ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा कुल रु.३ करोडसम्म) को चालुु पुँजी कर्जाको सीमा निर्धारण गरिएको छ। समग्र बैंकिङ प्रणालीबाट कुल रु.१ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा कुल रु.३ करोडसम्म) चालुु पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू हुने छैन। यस्ता ऋणीलाई प्रवाह हुने चालुु पुँजी कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालुू पुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही निर्धारण गर्न सक्नेछन्। तर, चालु पुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यसै मार्गदर्शनबमोजिम हुनुपर्नेछ।
प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १६:५५












