नेप्सेको आरोलो यात्रा कायमै, १ अर्ब १३ करोडकाे कारोबार
१३ भदाै, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.८२ अकंले घटेर १९९०.५९ बिन्दुमा बन्द भएको छ । आज ३८ लाख ३ हजार २४४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ ।
आज एक कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सिटी होटल लिमिटेडको सेयर मूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता ७५६ रुपैयाँ पुगेको छ । आज सिद्धार्थ इक्युटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयर मूल्य आज ७ प्रतिशत भन्दा बढीले घटेको छ । आज माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ९ करोड ९८ लाख १८ हजार रुपैँया बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १५:१९












