१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

माछापुच्छ्रे बैंकसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१३ भदाै, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.८२ अकंले घटेर १९९०.५९ बिन्दुमा बन्द भएको छ । आज ३८ लाख ३ हजार २४४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ९ करोड ९८ लाख १८ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सको ३ करोड ३५ लाख ५० हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३ करोड २ लाख ७९ हजार रुपैयाँ, नबील बैंकको ३ करोड ५ लाख २ हजार रुपैयाँ र नेपाल दुरसञ्चार कम्पनीको २ करोड ८० लाख ८४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १५:१०