१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

दुई दिन काठमाडाैंका यी स्थानमा सवारीसाधन चलाउन नपाइने

१३ भदाै, काठमाडौं । काठमाडौं महानगरपालिकामा गाईजात्रा (सापारु) र गुँपुन्हि (क्वाति पुन्हि) पर्वमा विभिन्न मार्गहरु बन्द हुने भएका छन् । महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै बिहीबार र शुक्रबार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने जानकारी दिएको हो ।

जात्रा हुने मार्गहरुबाट प्रवेश हुने सबै प्रकृतिका सवारी साधनहरुलाई उक्त दिन प्रवेश गर्न निषेध गरिएको सूचनामा उल्लेख छ । उक्त दिन असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडकमार्गमा सवारी साधन प्रवेश रोक लगाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १२:२०