९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

देशको अर्थतन्त्र लयमा फर्किन थालेको छः प्रधानमन्त्री प्रचण्ड

१२ भदाै, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र लयमा फर्किन थालेको बताएका छन्। प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्किएको बताए।

नेपाल राष्ट्र बैङ्कले हालै प्रकाशन गरेको प्रतिवेदनअनुसार, अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक दिशातर्फ उन्मुख रहेकाे जिकिर गरे। २०८० असार मसान्तसम्म शोधनान्तर स्थिति रु दुई सय ९० अर्ब ५२ करोडले बचत रहेकाे उनले बताए ।  विदेशी विनिमय सञ्चिति गत वर्षको सोही अवधिको तुलनामा २६ दशमलव छ प्रतिशतले वृद्धि भई रु एक हजार पाँच सय ३९ अर्ब ३६ करोड पुगेको र यसले करिब १० महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने अवस्था रहेको प्रधानमन्त्री जनाए । साथै, विप्रेशण आय (रेमिट्यान्स)मा २१ शमलव दुई प्रतिशतले वृद्धि भई एक हजार दुई सय २० अर्ब ५६ करोड पुगेको दाबी गरे। । वैदेशिक लगानी प्रवद्र्धन गर्न नीतिगत र संस्थागत सुधार गर्दै वैदेशिक लगानीको स्वीकृति प्रक्रियालाई सहजीकरण गर्न थ्रेसहोल्ड घटाउने लगायतका कार्य अगाडि बढाइए उनले जनाए ।

साथै, प्रधानमन्त्रीले जग्गाको कित्ताकाट पूर्णरुपमा खुलाउने निर्णय भएको र यही भदौ ११ गते मात्रै नेपाल राष्ट्र बैङ्कले लचिलो बजार नीतिअनुसार चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको बताए । उत्पादनमूलक उद्योगका लागि रु तीन करोडसम्म कर्जा उपयोग गर्ने ऋणीलाई चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन लागू नहुने भएको उनले बताए । बैङ्कहरूले उद्योग, व्यवसाय वा कम्पनीहरूको सञ्चालन चक्र लगायतका आधारमा अधिकतम वार्षिक कारोबारको ५० प्रतिशतसम्म चालु पूँजी कर्जा दिन सक्ने व्यवस्था भएको जनाए । यसबाट उद्योग, व्यवसाय क्षेत्रलाई प्रत्यक्ष लाभ हुनाका साथै आन्तरिक लगानी, उत्पादन वृद्वि र बजारमा आर्थिक गतिविधि बढ्नमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १६:०७