२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

एनआईसी एसिया बैंकमा जागिर खुल्यो, स्नातक तह उतिर्ण गरेकाले आवेदन दिन पाउने

१४ कात्तिक,काठमाडौं । एनआईसी एसिया बैंकमा स्नातक तह उतिर्ण गरेकाकाे लागि जागिर खुलेकाे छ । ५० प्रतिशत अंक ल्याएर स्नातक तह उतिर्ण गरेकाहरूले आवेदन दिन पाउने भनि बैंकले अाज सुचना प्रकाशित गरेकाे छ । एनआईसी एसिया बैंकमा २ सय जनाका लागि जागिर खुलेको सूचनामा छ ।  बुधबार सार्वजनिक रूपमा सूचना प्रकाशित गरेर २ सय जना ट्रेनी एसिसटेन्ट मागेको हो ।

जागिरका लागि १८ बर्षदेखि ३० बर्ष उमेरभित्र समहुले आवेदन दिन सक्नेछन् । बैंकले नोभेम्बर १४ तारिख भित्र अनलाईन मार्फत आवेदन गरिसक्न भनेको छ । छनौटमा परेकाहरुलाई बैंकले देशै भरका कुनै पनि शाखा कार्यालयमा खटाउन सक्नेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार १२:०३