१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

माछापुच्छ्रे बैंकसहित यी कम्पनीकाे भयो सर्वाधिक कारोबार, कुनको कति ?

१२ भदाै, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०५ अकंले घटेर १९९३.४२ बिन्दुमा बन्द भएको छ । आज २७८ कम्पनीको ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेच हुदाँ ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी माछापुच्छ्रे बैंकको कारोबार भएको छ । आज कम्पनीको ३ करोड ६२ लाख २ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सको ३ करोड २४ लाख ७५ हजार रुपैयाँ, नेपाल दुरसञ्चार कम्पनीको ३ करोड १ लाख ७९ हजार रुपैयाँ, शिवम् सिमेन्टको २ करोड ३८ लाख ८१ हजार रुपैयाँ र घोराही सिमेन्ट इन्डस्ट्रीको २ करोड २६ लाख ३३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १५:२०