१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अर्घाखाँचीको एभरेस्ट ओल्ड होटेल र छाँया अस्पतालमा विशेष छुट

१२ भदाै, काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो ग्राहकलाई थप सेवा दिन अर्घाखाँचीको सन्धिखर्कमा रहेको एभरेस्ट ओल्ड होटेल अर्घाखाँची प्रालि र छाँया अस्पताल प्रालिसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।

यस व्यावसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले एभरेस्ट ओल्ड होटेलको अकोमोडेसन एन्ड फुडमा विशेष १०% सम्म र छाँया अस्पतालको विभिन्न सेवाहरु जस्तै– बेड चार्ज, सर्जरी, चेकअप, ओपीडी, ल्याब टेस्टमा विशेष १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार ११:४५