१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

किन्ने हाेइन त ? प्रतिकित्ता १०० रुपैयाँमा हकप्रद सेयर बिक्री गर्दै नेशनल हाइड्रोपावर

१२ भदाै, काठमाडाैं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १३ गतेदेखि अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले १० बराबर ५ अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा आवश्यकता अनुसार आवेदन नपरेको सेयर बिक्री गर्न लागेको हो।

कम्पनीले गत असार २९ गतेदेखि साउन १८ गतेसम्म १० बराबर ५ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ करोड ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। सोमध्ये आवेदन परेको ६८ लाख ८४ हजार ७१७ कित्ता हकप्रद सेयर, साउन ३० गते बाँडफाँड गरेको थियो। कम्पनीले बाँकी रहेको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो।

लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याका लागि भने कुनै हद लाग्ने छैन। हकप्रद सेयर लिलामी भर्ने अन्तिम म्याद भदौ २४ गतेसम्म तोकिएको छ । सेयरकाे न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

कम्पनीकाे हकप्रद सेयर  निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका, ठिमी भक्तपुर, कुमारीपाटी ललितपुर, इटहरी, इलाम, पृथ्विचोक पोखरा, बुटवल, विराटनगर, वीरगंज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १०:४०