१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

डेङ्गु संक्रमणबाट एक जनाकाे मृत्यु

१२ भदौ, कञ्चनपुर । बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको संक्रमणबाट गए राति मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो । एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उनलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए ।

भारतबाटै डेङ्गुको संक्रमण भएको उनी यहाँ फर्केपछि संक्रमण भएकोबारे जानकारी हुननसकेको वडाध्यक्ष रानाले बताए । डेङ्गु सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्नका लागि वडामा विशेष अभियान सञ्चालन गर्नका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १०:०४