सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१२ भदाै, काठमाडाैं । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने आज भदौ १२ गते अन्तिम दिन रहेको छ।
कोष प्रवर्द्धक सिद्धार्थ बैंक र योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल रहेका सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२को लाभांश वितरणार्थ भोलि भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ। यसको अर्थ आजसम्म कायम इकाइधनीहरुले मात्रै यी दुवै योजनाको लाभांश पाउनेछन्।
आर्थिक वर्ष २०७९/८० का लागि सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२का इकाइधनीहरुलाई करसहित ६.५ प्रतिशतले हुन आउने ७ करोड ८० लाख रुपैयाँ र सिद्धार्थ इक्विटी फन्डका इकाइधनीहरुलाई करसहित ५ प्रतिशतले हुन आउने ७ करोड ५० लाख रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार ०९:३८












