कांग्रेस भ्रातृ संगठन नेविसंघले काठमाडौँ विश्वविद्यालयमा लगाएको ताला एक महिनापछि खुल्यो
१४ कात्तिक, काठमाडाैँ । नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेविसंघले काठमाडौं विश्वविद्यालयमा लगाएको ताला एक महिनापछि खुलेको छ ।मंगलबार साँझ भएको वार्तामा १५ दिनभित्र चुनावको मिति तोक्ने सहमति भएपछि ताला खुलेको काठमाडौं विश्वविद्यालयका नेविसंघ सभापति उज्ज्वल प्रधानले बताए ।
उनका अनुसार चुनावको मिति तोक्ने, विधान संशोधन गर्ने, काठमाडौं विश्वविद्यालयको लोगोको दुरुपयोग रोक्ने लगायतका विषयमा सहमति भएको छ । विद्यार्थी कल्याण परिषदको चुनाव गराउन माग गर्दै नेविसंघले विश्वविद्यालयमा ताला लगाएको थियो । काठमाडौं विश्वविद्यालयमा गत असोज २१ गते नै विद्यार्थी कल्याण परिषदको चुनाव हुनुपर्ने भए पनि अझै हुन सकेको छैन । त्य
प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार १०:५७