१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

काठमाडाैँका सडकमा फेरि दिउँसै कुद्ने भो टिपर, दुर्इ पांग्रे सवारी चलाउनेले विशेष ध्यान दिनुपर्ने

१४ कात्तिक, काठमाडाैँ । काठमाडाैँका सडकमा टिपर फेरि दिउँसै कुद्ने भएको छ । उपत्यकामा अब दिउँसो पनि टिप्पर चल्न पाउने भएका हुन । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख र पदाधिकारीको संयुक्त बैठकले बिहान ११ बजेदेखि दिउँसो ३ बजेम्म टिपर चलाउन दिने निर्णय गरेको थियो ।

प्रतिघण्टा ३५ किलोमिटरको दरले टिप्पर चलाउन दिने निर्णय भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्तले बताएका छन । तर टिप्पर चलाउँदा सम्बन्धित निकायको अनुमति भने लिनुपर्ने महाशाखाले जनाएको छ ।

पुननिर्माण र भौतिक पूर्वाधार निर्माणमा अफ्ठयारो परेको भन्दै टिप्परलाई दिउँसोको समयमा पनि चलाउन अनुमति दिइएको बताइएको छ । यसअघि टिपरका कारण दुर्घटना बढेपछि बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म मात्रै चलाउन अनुमति दिइएको थियो । टिपरलार्इ दिउँसोमा रोक लगाएपछि उपत्यामा दूर्घटनामा समेत न्यूनिकरण अाएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार ०९:४३