देउरालीले बचतकर्ताहरुलाई बाँड्यो ४५ करोडको घडेरी, अझै ३५ करोड तिर्न बाँकी
११ भदाै, काठमाडाैं । देउराली बहुद्देश्यीय सहकारीले बचतकर्तालाई घडेरी पास गरि दिएको छ । सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको उक्त सहकारीले ठुला बचतकर्तालाई ४५ करोड बराबरको १६५ वटा घडेरी पास गरिदिएकाे हाे । २०८० साल भदौ ८ गते तेस्राे चरणको घडेरी वितरण कार्य सम्पन्न गरेको सहकारीले गारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
२ बर्षदेखि आर्थिक समस्यामा परेको सहकारीले करिब ७ अर्ब ५० करोड बचत रहेकोमा ६ अर्ब ७० करोड नगद र ४५ करोड जग्गा गरी ७ अर्ब १५ करोड बचतकर्तालाई फिर्ता गरिसकेको बताएको छ । अब ३५ करोड र सोको ब्याज मात्र बचतकर्ताको फिर्ता गर्न बाँकी रहेकाे सहकारीले जनाएकाे छ । उक्त बाँकी रकम पनि छिट्टै बचतकर्तालाई वितरण गरिने पनि सहकारीले जनाएकाे छ ।
प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार १५:५६