३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

१५ अर्ब १३ करोडको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, बोलकबोल आज

११ भदाै, काठमाडाैं । नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि भदौ १२ गते मंगलबार जारी हुने २८ दिने र ९१ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँकाे ट्रेजरी बिलको नवीकरण गर्नेछ। याे ट्रेजरी बिल  असोज ९ गते परिपक्व हुनेछ । त्यस्तै, बैंकले ९१ दिनका लागि ७ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। याे ट्रेजरी बिल मंसिर १२ गते परिपक्व हुनेछ ।

यी ट्रेजरी बिलको आज सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार १०:२३