२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

माओवादी सांसद विमला सुवेदीद्वारा कानुन, न्याय तथा मानवअधिकार समितिमा मनोनयन दर्ता

१० भदाै, काठमाडौँ । नेकपा माओवादी केन्द्रले कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएको छ । मा‌ओवादी सांसद विमला सुवेदीले समितिको सभापति पदमा मनोनयन दर्ता गरेकी छन् ।

उनकाे प्रस्तावकमा माओवादी सांसद पूर्णबहादुर घर्ती रहेका छन् भने समर्थकमा एमाले सांसद महेश बर्ताैला, कांग्रेस सांसद रमेश लेखक र राप्रपा सांसद ध्रुवबहादुर प्रधान रहेका छन् ।

१० वटा विषयगत समितिमध्ये माओवादी केन्द्रले विकास समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएको थियो । तर पूर्वाधार तथा विकास समितिको सभापति राप्रपालाई दिएपछि माओवादी केन्द्रका सांसद माधव सापकोटा भने बाहिरिएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार १४:४०