१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पुस्तकालय दिवसको अवसर पारेर काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा रक्तदान कार्यक्रम

९ भदाै, काठमाडाैँ । १६ औं पुस्तकालय दिवसको अवसर पारेर काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय भृकुटीमण्डपमा आज रक्तदान कार्यक्रम भएको छ । १६ औं पुस्तकालय दिवसको अवसरमा शैक्षिक तथा सामाजिक क्रियाकलाप उपसमितिको आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन् ।

रक्तदानमा पुस्तकालयकर्मी, सरकारी कर्मचारी, युवा, बुद्धिजीवी लगायतको उपस्थिति रहको थियो । २०८० साल साउन २२ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा सोह्रौं पुस्तकालय दिवस, २०८० भब्य रूपमा मनाउनका लागि विभिन्न उपसमिति गठन गरिएको थियो । १६ औं पुस्तकालय दिवसको अवसरमा देशभरका पुस्तकालयले विभिन्न कार्यक्रम गरेर पुस्तकालय दिवस मनाइरहेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार २१:४१