४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

नेपाली कामदार अापूर्तिमा विचाैलियाको प्रयोग अन्त्यः मलेसियाली मन्त्री कुलासेगरन

१३ कात्तिक, काठमाडाैँ ।  नेपाल भ्रमणबाट स्वदेश फर्किएका मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले नेपाली कामदारसम्बन्धी सबै सम्झौता अबदेखि सरकारी तहमा हुने भएकोले नेपाली कामदार भर्ना गर्नका लागि बिचौलियाको प्रयोग अन्त्य भएको बताएका छन ।

मलेसियाको संसदमा मंगलबार भएको पत्रकार सम्मेलनमा उनले मलेसिया सरकारले भर्खरै नेपाल सरकारसँग घरेलु महिला कामदारसहित अन्य कामदार पठाउने सम्झौता सम्पन्न भएकाे जानकारी दिए । उनले भने ‘हाम्रो प्रत्यक्ष कामदार नियुक्ति पद्धतिमा जीटूजी (सरकार–सरकारबीच) को प्रयोगबाट हामी सबै प्रकारका दलाल तथा बिचौलियाहरुको प्रयोग अन्त्य गर्दैछौं ।’

यसअघि नेपाल सरकारले मलेसिया सरकारको अध्यागमनको प्रकृयाका कारण कामदारहरुले कठिनाई बेहोर्नुपरेकालगायतका कारणहरुले गर्दा आफ्ना कामदारहरु मलेसिया जानबाट रोक लगाएको थियो । यसबाहेक भिसा प्रकृयाका लागि सुरक्षा तथा स्वास्थ्य परीक्षण नीजी कम्पनीमार्फत गर्नुपर्ने पनि थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलवार २२:३९