१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मेलम्चीको बाढीले सरसस्वती माविको भवन बगायो

८ भदाै, सिन्धुपाल्चोक । अविरल वर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ४ मा ग्याल्थुमको एक भवन बगाएको छ । मेलम्ची नदीमा आएको बाढीका कारण बिहान ग्याल्थुमस्थित सरसस्वती माविको भवन बगाएको हो । बिहानमात्रै स्कुलको शाैचालय बाढीले बगाएको थियो । बाढीले विद्यालयको भवन बगाएको सिन्धुपाल्चोकबाट पत्रकार देवराज सुवेदीले जानकारी दिएका छन । सिन्धुपाल्चोकमा तीन वर्षदेखि बाढी र पहिरोले निकै दुःख दिइरहेको छ । तस्बीरः देवराज सुवेदी

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार २१:२०