१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध

८ भदौ, मुग्लिन। पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।  चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी नै अवरूद्ध बनेको हो ।
अहिले पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए । पहिरोका कारण काठमाडौँ जाने सवारी साधनहरू मुग्लिन र काठमाडौँबाट  मुग्लिनतर्फ आउने सवारी साधनहरू कुरिनटारमै रोकिएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार २०:२९