८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराएर भारतले रच्यो इतिहास

६ भदाै, काठमाडाैं । भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिण धुव्रमा सफलतापूर्वक अवतरण भएको छ । नेपाली समयानुसार आज बुधबार बेलुका ६ः१९ बजे यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो ।

अवतरणसँगै भारतले चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो र चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गर्ने चौथो देश बनेर इतिहास रचेकाे छ ।

चन्द्रमामा विक्रम ल्यान्डरको सफ्ट ल्याण्डिङपछि प्रज्ञान रोभर त्यहाँबाट निस्कनेछ र अनुसन्धान र जानकारी सङ्कलन गर्न चन्द्रमाको सतह वरिपरि घुम्नेछ। श्रीहरिकोटाबाट जुलाई १४ मा दिउँसो २ः३५ मा उडेको चन्द्रयान–३ ले ४० दिन लामो यात्रा पूरा गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १८:३८