प्रेम बिबाहको पीडाः इच्छाविपरीत श्रीमानले यौनसम्पर्क गरेपछि श्रीमतिले दिइन बलात्कारको उजुरी
१३ कात्तिक, काठमाडाैँ । बलात्कार गरेको आरोपमा कञ्चनपुरकी एक महिलाले श्रीमानकै विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । श्रीमतीको उजुरीपछि प्रहरीले आरोपित श्रीमानलार्इ पक्राउ गरेको छ ।
सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले आफ्ना पति डम्बर जोशीविरुद्ध उजुरी दिएकी हुन् । डम्बरले आफ्नो इच्छाविपरीत यौनसम्पर्क राखेको आरोप लगाउँदै मञ्जुले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णराज ओझाले बताएको अाजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
प्रहरीले उजुरी दर्ता गरेर जबर्जस्ती करणीअन्तरगत मुद्दा दर्ताको प्रक्रिया अघि बढाएको छ । डम्बरलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिइएको प्रहरीले जनाएको छ । मञ्जु र डम्बरले डेढ वर्षअघि प्रेमविवाह गरेका थिए ।
प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलवार ०७:४९