२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

राष्ट्रपति कार्यालयमा सर्वदलीय बैठकः एमाले गएन, माधव नेपालले मेटमणि पठाए

५ भदाै, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पाैडेलले बोलाएको सर्वदलीय बैठक शितल निवासमा सुरू भएको छ । बैठकमा सत्तारूढ दलहरू सहभागी भएका छन भने केही प्रतिपक्षी दल पनि सहभागी भएका छन । राष्ट्रपतिले डाकेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोही पनि प्रतिनिधि पठाएको देखिएको छैन । एमालेका लागि प्रधानमन्त्री प्रचण्डको छेउमा एउटा सोफा खाली राखिएको छ । बैंठकमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मेटमणि चाैधरीलाई प्रतिनिधि पठाएका छन । बैठकमा प्रधानमन्त्री प्रचण्डदेखि नागरिक उन्मुक्ति पार्टीका रेशम चाैधरीसम्म सहभागी भएका छन ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार ०९:२२