२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सर्वदलीय बैठकअघि टेलिफोन वार्ता

४ भदाै, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन वार्ता भएको छ। सोमबार साँझ ७ बजे बस्ने सर्वदलीय बैठकअघि प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीलाई फोन गरेका हुन् ।

सोमबार बिहानै विविध कार्यक्रममा सरिक हुन प्रधानमन्त्री प्रचण्ड कर्णाली प्रदेशको राजधानी सुर्खेत गएका थिए । सुर्खेतका कार्यक्रम सकेर काठमाडौं फर्कने तयारी भएपछि मौसम बिग्रिएपछि प्रधानमन्त्री प्रचण्ड उतै राेकिएका छन् ।

आफू वेइटिङमा भएको जानकारी गराउँदै प्रधानमन्त्रीले अध्यक्ष ओलीको स्वास्थ्यबारे जानकारी लिएका थिए । प्रधानमन्त्री प्रचण्डले आजकाे सर्वदलीय बैठकमा आउन अनुराेध गरेका छन् ।  बैठक ७ बजेलाई सारिएको हो।’

विमानस्थल बाहिरबाट बरामद भएकाे ६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने अडान राखेर एमालेले निरन्तर संसद अवराेध गर्दै आएकाे छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार १७:०१