८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

१ भदाै, मोरङ ।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते सोमबार दिनको १ बजे विश्वासको मत लिने भएका छन् । प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापालाई भदौ ४ गते दिनको १ बजे प्रदेशसभाबाट विश्वासको मत लिन सयम दिएको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

मुख्यमन्त्री थापाले आज दिउँसो प्रदेशसभा सचिवालयमा नेपालको संविधानको धारा, १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेशसभाबाट विश्वासको मत लिन भदौ ३ गते गतेको कार्य सूचीमा समावेश गर्ने गरी प्रदेशसभा नियमावली २०७४ पहिलो संशोधन सहितको नियम १२८ को उपनियम १ र २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रस्तावसम्बन्धी सूचनापत्र दर्ता गराएका थिए ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार १६:१५