राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति ?
३२ साउन, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोली भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले भदौ महिनाको लागि निक्षेपमा ब्याजदर बढाएर सार्वजनिक गरेको हो ।
बैंकले साधारण बचत खातामा न्यूनतम ४.९९ प्रतिशतदेखि अधिकतम ६.६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । त्यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंककाे ब्याजदर ६.९९ र ८.९९ प्रतिशत थियो । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ३.७५ प्रतिशत र न्यूनतम १.५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ ।
प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार ११:३७