९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

ग्लोबल आइएमई बैंकले बढाएर सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?

३२ साउन, काठमाडाैं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि अर्थात भदौ १ गतेगदेखि लागू हुनेगरि विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

नयाँ ब्याजदर अनुसार बैंकले साधारण बचत खातमा न्यूनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले मुद्दती निक्षेपमा संस्थागत तर्फ ८.८९६ प्रतिशत ब्याज पाइने छ भने व्यक्तिगत तर्फ १०.८९६ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । रेमिट्यान्स बचतमा ९.९६६ प्रतिशत ब्याजदर ताेकेकाे छ । यसअघि साउनमा बैंकले न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको थियो ।

साथै, बैंकले रेमिट्यान्स खातामा ११.८९६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि साउनमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार १०:०८