९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

नबिल बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति ?

३२ साउन, काठमाडौं । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि अर्थात भदौ १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

सार्वजनिक नयाँ ब्याजदर अनुसार बैंकले साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशतसम्म ब्याजदर दिने भएको छ । त्यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशत ब्याजदर र व्यक्तिगत तर्फ ९.४९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

रेमिटेन्स बचतमा भने बैंकले ८.९० प्रतिशत ब्याज दिने जनाएकाे छ । साथै, बैंकले रेमिट्यान्स खातामा १०.४९ प्रतिशतदेखि ११.४९प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । साउनमा पनि बैंककाे सोही ब्याजदर कायम थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार ०९:५२