३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

सन नेपाल लाइफको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला, प्रतिकित्ता कति तिर्नुपर्छ ?

३२ साउन, काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज साउन ३२ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेकाे हाे ।

कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको छ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ।

साथै, ५ प्रतिशतले हुन आउने ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुन आउने ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ जारी गरेको छ। उक्त आईपीओ लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि छिटोमा भदौ ४ गते र ढिलोमा भदौ १४ गतेसम्म  आवेदन दिन पाउनेछन्।

कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 09:39