अन्तिम दिनसम्म मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?
३१ साउन, काठमाडाैं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म करिब १४ लाखको आवेदन परेको छ।कम्पनीले गत साउन २८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमा आज साउन ३१ गते बैंकिङ समयसम्म मागभन्दा धेरै बढी आवेदन परेको हाे ।
सीडीएससीका अनुसार कम्पनीकाे आईपीओमा आज साँझ ५ बजेसम्म १३ लाख ९५ हजार ७० आवेदकबाट कुल १ करोड ५४ लाख ९३ हजार ४३० कित्तका लागि खरिद आवेदन परेको छ। जुन मागभन्दा ६.८१ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण कम्पनीकाे आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। गोलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख २७ हजार ६६२ आवेदनले १० कित्ताका दरले सेयर पाउनेछन्।
कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री हुन बाँकी ६ लाख १६ हजार ६२० कित्ता सेयर पनि थपिएको थियो।
सर्वसाधारणका लागि जारी हुने कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी २२ लाख ७६ हजार ६२० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ।
प्रकाशित मिति : 17:36









