३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

२१.३१ अंकले घट्यो नेप्से , एक अर्ब ६७ करोडको कारोबार

३१ साउन, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज २०.३१ अकंले घटेर २०२५.१२ बिन्दुमा बन्द भएको छ । आज बजार २६९ कम्पनीको ४८ लाख ३८ हजार १०६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६७ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ ।

आज माउन्टेन हाइड्रो नेपाल लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८.०६ प्रतिशतले घटेको छ । यस दिन हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड ३९ लाख ९२ हजार रुपैया बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : 15:26