८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच के भयाे छलफल ?

३१ साउन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता गरेका छन् । भेटमा उनीहरुका बीचमा समसामयिक राजनीति र संसद्को गतिरोधबारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनका अनुसार भेटमा राष्ट्रपति पौडेलले संसद् बैठक अवरुद्धहुँदा जनतामा निराशा बढ्ने र संसद्प्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएको जनाइएको छ । राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलबीच विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव पनि दिएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार १५:१०