१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

७२.७७ प्रतिशतले घट्याे नेरुडे लघुवित्तकाे नाफा, प्रतिसेयर आम्दानी कति ?

३१ साउन, काठमाडाैं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। लघुवित्तले प्रकाशन गरेकाे विवरण अनुसार कम्पनीकाे खुद नाफा र प्रतिसेयर आम्दानी दुबै अघिल्ला आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

समिक्षा अवधिसम्म लघुवित्तले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.७७ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २१ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। लघुवित्तको वितरणयोग्य मुनाफा भने ४ करोड ९८ लाख रुपैयाँ रहेको छ।

याे अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी ३१.१२ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २४.५८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७२.१० प्रतिशत घटेको छ। चुक्ता पूँजी ७३ करोड २० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ५५ करोड १५ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ४.७४ प्रतिशतबाट बढेर ५.०५ प्रतिशत पुगेको छ।  लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) २७ रुपैयाँ ५३ पैसा घटेर ७ रुपैयाँ ९१ पैसामा झरेको छ। लघुवित्तको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ३५ पैसा रहेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार ०९:३८