८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

नुवाकोटसहित ४ जिल्लाका सीडीओ फेरिए, को कहाँ ?

३० साउन, काठमाडाैं । गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)काे सरुवा गरेको छ । मन्त्रालयले चितवन, नुवाकोट, सप्तरी र धनुषाका सीडीओ फेरेकाे हाे ।

मन्त्रालयले मंगलवार गरेको निर्णयानुसार चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओ बनाइएको छ । त्यस्तै सप्तरीका सीडीओ भूपेन्द्र थापालाई चितवन सरुवा गरिएको छ ।

नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीको सीडीओ बनाएर पठाइएको छ । यस्तै धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सीडीओ बनाइएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलवार १८:५४