३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

नेप्सेमा एक कम्पनीकाे सेयर सूचीकृत

३० साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा धौलागिरी लघुवित्तको सेयर सूचीकृत भएको छ । सविक धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर गर्दा १:०.७५ को अनुपात कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँको दरले ३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

उक्त सेयरको ओपन रेञ्ज ७६८ रुपैयाँ ६१ पैसा रहेको छ । साथै, मर्जरको लागि रोक्का रहेको सेयर नेप्सेमा भोली अर्थात बुधबारदेखि दोस्रो कारोबारमा आउनेछ ।

प्रकाशित मिति : 18:15