१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

जग्गाको कित्ताकाट पूर्ण रुपमा खुल्यो

३० साउन, काठमाडाैं । सरकारले जग्गाको कित्ताकाट पूर्ण रुपमा खुल्ला गरेको छ। गत वैशाखमा नै मन्त्रिपरिषदकाे बैठकले भू उपयोग नियमावली संशोधन गर्ने निर्णय गरेपनि उक्त निर्णय लागु हुन सकेको थिएन।

भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरी लगेको संशोधित नियमावली मंगलबार स्वीकृत गर्ने निर्णय गरेको हाे । हाल भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाइने व्यवस्था रहेको छ। स्थानीय तहले वर्गीकरण गर्न नसक्दा करिब १६० पालिकामा मात्रै कित्ताकाट हुँदै आएको छ।

जग्गाको कित्ताकाट खुलेसँगै आर्थिक क्षेत्र चलायमान हुने विश्वास गरिएकाे छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलवार १८:११