२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

केपी ओलीसँग तीन महिनापछि भीम रावलकाे भेट

३० साउन, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेता भीम रावलले भेट गरेका छन् । अध्यक्ष ओलीसँग भेट गर्न रावल मंगलबार दिउँसो एमाले मुख्यालय च्यासल पुगेका थिए ।

भीम रावलले ओलीसँग भेट्न समय मागेकाे तीन महिनापछि च्यासलमा उनिहरूबीच भेट भएकाे हाे । अध्यक्ष ओली र रावलबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएकाे छ ।

गत महाधिवेशनमा रावलले ओलीलाई अध्यक्षमा चुनौती दिएका थिए । अध्यक्षमा ओली सर्वसम्मत बन्न खोजे पनि रावलले चुनौती दिएपछि निर्वाचन भएको थियो । महाधिवेशनपछि रावल पार्टीका काममा सक्रिय छैनन् ।

लामाे समयपछि आज दुई नेताबीच भएकाे छलफललाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलवार १७:१७