२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रतिनिधिसभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्योः अध्यक्ष ओली

३० साउन, काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताएका छन् ।

मंगलवार नेकपा (एमाले) बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधि सभा विघटन गरेको बताएका हुन् ।

अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने बताए। उनले तत्कालीन समयमा आफूहरूलाई झुन्ड्याएर मार्ने डोरी बनाइएको भन्दै आफूले संसद् विघटन गरिदिएर सो डोरी छिनाल्दिएको बताए।

उनले प्रतिनिधि सभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरूले सङ्गठन बिस्तार र सुदृढ गरेर मजबुत र प्रमुख पार्टीको रूपमा पुनः स्थापित गरी प्रतिनिधि सभामा प्रवेश गरेको बताए। उनले प्रतिनिधि सभा विघटन त्यस बेलाको अपरिहार्यता भएको उल्लेख गर्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरे।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलवार १७:०५