३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

३० साउन, काठमाडौं । कारोबारको तेस्रो दिन आज शेयर बजार दोहोरो गिरावट आएको छ । आज मंगलबार ३१ दशमलव ८० अंकको गिरावट आएको छ । आज ३१ अंकले घटेको शेयर बजार २०४५ दशमलव ४४ विन्दुमा पुगेको छ ।

आज २७८ कम्पनीका ५६ लाख ०३ हजार १७९ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँको कारोबार भएको छ ।

आज क वर्गको कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ६ दशमलव २९ अंकको गिरावट आएको सेन्सेटिभ इन्डेक्स ३९१ दशमलव ८४ विन्दुमा पुगेको छ ।

प्रकाशित मिति : 15:37