२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

केशव स्थापितले एमालेबाट बिदा लिए

३० साउन, काठमाडाैं । केशव स्थापितले नेकपा एमालेबाट बिदा लिएका छन् । साेमबार बसेको केन्द्रीय समितिको बैठकले स्थापितसहित दुई केन्द्रीय सदस्यलाई बिदा गरेको हो ।

एमालेले स्थापित र केन्द्रीय सदस्य प्रमोद नारायण यादवलाई बिदा दिने निर्णय गरेको हाे । स्थापित र यादवले पार्टी नेतृत्वलाई भेटेर एमालेकाे कार्यकारी भूमिकाबाट बिदा लिन चाहेको बताएका थिए । त्यसपछि उनिहरूको राजीनामा एमालेले स्वीकृत गरिएको हो ।

उनि २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा पराजित भएका थिए । यसअघि २०५४ सालमा एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएका उनि पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमा मनोनीत भएका थिए ।

यस्तै बैठकले पार्टीको अर्थ तथा योजना विभागको सचिवमा युवा संघकी पूर्व उपाध्यक्ष क्रान्ति बुर्लाकोटीलाई मनोनीत गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलवार १०:५८