३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

अप्पर लोहोरे खोला हाइड्रोको आईपीओ बाँडफाँट, भाग्यमानी ९ जनाले पाए ११ कित्ता शेयर

२९ साउन, काठमाडाैं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको शेयर बाँडफाँट भएको छ । साउन १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरिएकाे शेयर सोमबार बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा १२ लाख ८३ हजार ५९६ जना योग्य आवेदकबाट १ करोड ४१ लख १७ हजार ८५० कित्ता शेयरको लागि आवेदन परेको थियाे । माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाद्धारा न्युनतम १० कित्ताका दरले शेयर वितरण भएको छ ।

योग्य आवेदक मध्ये १ लाख ९५ हजार ३२७ जनालाई १० कित्ताका दरले १९ लाख ५३ हजार २७० कित्ता शेयर वितरण गरीएको छ ।

यस्तै बाँकी रहेको ९ कित्ता शेयर भने २० देखि २५ हजार कित्तासम्म आवेदन दिएकाहरुलाई थप १ कित्ताका दरले वितरण गरिएको छ । त्यस अनुसार भाग्यमानी ९ जना आवेदकले ११ कित्ताका दरले शेयर पाएका छन् ।

प्रकाशित मिति : 19:06