८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

सिनामंगलबाट बरामद गरिएकाे सुनको परिमाण करिब ६१ किलो मात्र

२९ साउन, काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद सुनको तौल करीब ६१ किलो मात्र रहेको राष्ट्र बैंकले जनाएको छ ।

एक क्वीन्टल भनी अनुमान गरिए पनि ‘ब्रेक सु’बाट निकालिएको सुनको परिमाण ६० किलो ७८९ रहेको राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएकाे छ ।

यसलाई गालेर जोख्न बाँकी रहेकाले अझै केही तौल घट्न सक्ने राष्ट्र बैंक स्रोतले जनाएको छ । राजस्व अनुसन्धान विभागले सिनामंगलबाट साउन २ गते १४५ किलो तौल बराबरको ‘ब्रेक शु’ बरामद गरेको थियो ।

बरामद गरेको २७ दिनपछि सुनको तौल लिइएको हो ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १८:५४