२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा जनमतकी सांसद अनितादेवी साह नियुक्त

२९ साउन, काठमाडौं । जनमत पार्टीकी सांसद अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदको शपथग्रहण गरेकी छन् । सोमबार बिहान राष्ट्रपति भवन शितल निवासमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

सो अवसरमा उपराष्ट्रपति रामसाहयप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत उपस्थित रहेका थिए ।

सरकार संकटमा पर्ने संकेत देखिएपछि हिजैमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई पार्टीका तर्फबाट फिर्ता बोलाएका थिए । सोही स्थानमा जनमतकी सांसद अनिता देवीलाई मन्त्री नियुक्त गरिएको हो । मन्त्री साहले सोमबार नै मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी छिन । तस्बिरहरूः प्रदीपराज वन्त, प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १०:५१