२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नायिका एलिजा गाैतम भन्छिनः ओली बुवासँग भेटेपछि राजनीति गर्ने हुटहुटीमा मलजल पुग्यो

२९ साउन, काठमाडौँ । नायिका एलिजा गौतमले नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग वान टु वान छलफल गरेपछि निकै उत्साहित प्रतिक्रिया दिएकी छिन । उनले ओलीसँगको भेटले राजनीतिको हुटहुटीमै मलजल पुगेको प्रतिक्रिया दिएकी छिन । आइतबार साँझ ओली निवास पुगेकी उनले केही तस्बिर समेत कैद गरेर सार्वजनिक गरेकी छिन ।

उनले ओलीसँगको भेटपछि सामाजिक सञ्जालमा भनेकी छिन, ‘नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुवासँग बालकोटमा विशेष भेटवार्ता। भेटमा बुवाले दर्शाउनु भएको सद्भाव, माया, आशीर्वाद, प्रेरणा, उर्जा र मार्गनिर्देशनप्रति अनुगृहीत छु। बुवाको राजनीतिक अनुभव, चेतना र आत्मविश्वास मेरा लागि अनुकरणीय छ। बुवासँगको भेटबाट कलाकारितासँगै राजनीति र समाजसेवा गर्ने मेरो चाहना र हुटहुटीमा मलजल पुग्नुका साथै फलदायी बन्नेछ।’

गौतम यसअघि नागरिक उनमुक्ती पार्टीको नेता भएर सत्ता गठबन्धनको महत्वपूर्ण बैठकहरूमा समेत सहभागी भएकी थिइन । तर पछिल्लो केही हप्ता अघिमात्र उनले उक्त पार्टी त्याग गरेको घोषणा गरेकी थिइन । ओलीसँग भेटेपछि एलिजा एमाले प्रवेश गर्न लागेको भनेर कतिपयले बताए पनि एलिजाले भने त्यस्तो कुनै तयारी नरहेको बताएकी छिन ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १०:३८