३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय, कतिले पाउछन् सेयर ?

२८ साउन, काठमाडाैं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय भएकाे छ । कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ भाेलि साउन २९ गते साेमबार बाँडफाँड हुने भएकाे हाे । कम्पनीकाे आईपीओ सोमबार साँझ ५ बजे बाँडफाँड गर्ने तयारी भएकाे बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएकाे छ ।

कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारणले याे सेयर हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १३ लाख ४३ हजार २६ जनाले १ करोड ५१ लाख ३२ हजार २१० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएकोभन्दा ७.७४ गुणा बढी हो ।

कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट आईपीओ बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १ लाख ९५ हजार ३२७ जनाले मात्र सेयर हात पार्नेछन् । सोहि मध्येका ९ जनाले थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् । बाँकी ११ लाख ४७ हजार ६९९ जनाको भने हात खाली हुनेछ ।

प्रकाशित मिति : 16:35