१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्याे, खुद ब्याज आम्दानी ९ करोड ३६ लाख

२८ साउन, काठमाडाैं ।  सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमासमा ४ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । याे नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९८.६७ प्रतिशतले घटेको हो । अघिल्लो वर्षकाे यही अवधिमा कम्पनीले ३ करोड १ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीकाे खुद ब्याज आम्दानी २०.०३ प्रतिशतले घटेर ९ करोड ३६ लाख ८३ हजार रुपैयाँमा आएको छ । समीक्षा अवधिमा लघुवित्तले २ करोड ६१ लाख रुपैयाँ सञ्चालन नोक्सानमा व्यहोरेको छ । संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ९.०५ प्रतिशत पुगेको छ।

चुक्तापुँजी १४ करोड ५२ लाख रुपैयाँ रहेको संस्थाले ४९ करोड ७५ लाख रुपैयाँ सापटी लिई १ अर्ब २१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ०.२८ रुपैयाँमा खुम्चिएको छ। संस्थाको प्रतिसेयर नेटवर्थ १५१.५८ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आईतवार १२:२७