६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

कति छ आज सुनचाँदीको मूल्य ?

२८ साउन, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल नभइ यस दिन छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २८ श्रावण २०८०, आईतवार ११:२८