९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक

२८ साउन, काठमाडाैं । सबै भन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैंकहरुको सूचिको पहिलो नम्बरमा ग्लोबल आइएमई बैंक परेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको हो ।

वाणिज्य बैंकहरुमध्ये ग्लोबल आइएमई बैंकले गत आवमा ५ अर्ब ४३ करोड रुपियाँ कर दाखिला गरेर पहिलाे हुन सफल भएकाे अर्थ मन्त्रालयको स्रोतले जनाउकाे छ  । बैंकले वर्षभरी विभिन्न शीर्षकमा तिरेको उक्त कर सबै करको योग हो । ग्लोबल आइएमई बैंकले गएको आवमा सात अर्ब २५ करोड रुपियाँ खुद नाफा कमाएकाे छ ।

यो नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आव २०७८/७९ मा तीन अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आईतवार १०:५०