३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

किन्ने हाेइन त ? सर्वसाधारणले १ लाख कित्तासम्म भर्न पाउने आईपीओ बिक्री खुला

२८ साउन, काठमाडाैं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आज साउन २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे छ । कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर बिक्री खुला गरेको हो। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री हुन बाँकी ६ लाख १६ हजार ६२० कित्ता सेयर पनि थपिएको छ।

सर्वसाधारणका लागि जारी हुने कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी २२ लाख ७६ हजार ६२० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि  छिटोमा साउन ३१ गते र ढिलोमा भदौ १० गतेसम्म  आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरु तथा सीडीएससीको मेरो सेयरमार्फत दिन सकिनेछ।

प्रकाशित मिति : 09:46