२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सामाजवादीका उपमहासचिव गंगालाल तुलाधरकी बहिनी कमला एमालेमै फर्किइन

२७ साउन, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगाला तुलाधरकी बहिनी पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा एमालेमै फर्किएकी छिन ।

शनिबार बिहानै एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास भक्तपुरको बालकोट पुगेर कमला एमाले फर्किएको घोषणा गरेकी हुन । कमलालाई एक थाना खादा लगाएर अध्यक्ष ओलीले एमालेमा स्वागत गरे ।

कमला शिक्षकबाट राजनीतिमा उदायकी महिला नेतृ हुन । कमला ललितपुरको स्थायी बासिन्दा हुन ।  कमला एमाले फर्किने कार्यक्रमो साक्षी शिक्षक महासंघका पूर्व अध्यक्ष बाबुराम थापा लगायत रहेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार १२:५१